जीवन विकास लघुवित्तको शेयर बाँडफाँड मिति पक्का,पर्ने संभावना कति ?

काठमाण्डौ – केही समय पहिला शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपीओ यही साता बाँडफाँड हुने पक्का भएको छ ।

कम्पनीको प्रारम्भिक बाँडफाँड भर्खर मात्र टुंगिएपछि यही साता पूर्ण बाँडफाँड हुने भएको हो जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रि-अलटमेन्ट सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार प्रि-अलटमेन्टको काम सकिएको हो ।

क्यापिटलका अनुसार बाेर्डले स्वीकृती दिए यसै साताभित्र आईपीओ बाँडफाँड गरिनेछ ।

यो पनि पढनुहोस्  शेयर बजारका लगानि कर्ताहरुका लागी जरुरि सुचनाकाठमाण्डौ – पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।

एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक पुगिसकेको छ ।

यसै बीच धेरै वित्तीय संस्थाले असर मसान्त भित्र हितग्राही खाता नविकरण गर्न अनुरोध गरेका छन् । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन्।

असर मसान्तभित्र आफ्नो खाता अनिवार्य नविकरण गर्नु पर्ने प्रावधान छ । नविकरणको लागि कार्यालयमा गएर वा अनलाइन बाट पनि रकम तिर्न सकिन्छ । बार्षिक १ सय रुपैयाँमा यो खाता नविकरण गर्न सकिन्छ ।

आफ्नो खाता सक्रिय राख्नको लागि खाता नविकरण गर्नु अनिवार्य छ । अहिले विभिन्न भुक्तानी प्रदायक कम्पनी बाट डिम्याट खाता नविकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय