नेपाल विद्यार्थी सङ्घद्वारा शोक सभा सम्पन्न, शोकलाइ शक्तिमा बदल्न कार्की परिवारलाइ आग्रह

भुवन काफ्ले,मुसिकोट गुल्मी । नेपाल विद्यार्थी सङ्घ मुसिकोट नगर कार्य समितिको आयोजनामा बुधबार शोक सभा सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी सङ्घ मुसिकोट नगरकार्य समितिकी सचिव तथा क्षेत्र नम्बर २ क्षेत्रीय सदस्य जमुना कार्कीका बुवा लाल बहादुर कार्कीको ७२ वर्षको उमेरमा भएको दुखद निधनको नवौं दिनको पुण्य तिथि पारेर नेविसङ्घले शोक सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समितिका सह सचिव चकित विष्णुप्रसाद आचार्यले बोल्दै कार्कीका बुवाका निधनले सिङ्गो ने बि सङ्घ मुसिकोट नगर कार्य समिती र जिल्ला कार्य समिती भावविह्वल भएको बताउनुभएको थियो ।

साथै एक वर्षभित्रै आमा र बुवा दुबै गुमाउनुपरेको पिडाले ने बि सङ्घलाइ पीडा दिएको पनि उहाले बताउनुभयो,जमुना कार्की एक साहसी विद्यार्थी नेतृ भएकोले शोकलाइ शक्तिमा बदल्न सक्ने साहस उनमा भएको पनि आचार्यको भनाइ थियोे । शोकाकुल परिवारलाई एक्लो महसुस नगर्न पनि आचार्यले आग्रह गर्नुभएको थियो ।

अतिथीको रुपमा शोक मन्तब्य ब्यक्त गर्दै रुद्रावती बहुमुखी क्याम्पस मु.न.पा ७ का इकाइ सभापति तथा ने वि सङ्घ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य भुवन काफ्लेले कार्कीको बुवाको निधनले सिङ्गो ने बि सङ्घ दुखी भएको बताउनुभएको थियो,जन्म पछि मृत्यु प्राकृतिक नियम भएकोले यसलाइ सबैले स्विकार्नुको विकल्प नरहेको पनि उहाले बताउनुभएको थियो ।

कार्यक्रममा नगर सचिव सुदिप रायमाझी,श्रीराम खत्री लगायतको सहभागिता रहेको थियो ।

नेबिसङ्घ मुसिकोटका कार्यवाहक सभापती गम्भीर खत्रीले शोकपत्र वाचन गर्दै परिवारलाई हस्तान्तरण गर्नुभएको थियो भने नगर सह सचिव सुरज कार्कीले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

नेबिसङ्घ जिल्ला कार्य समितिबाट अन्य व्याक्तित्वहरुको उपस्थितिको लागि तयारी गरिएको भएपनी नेबिसङ्घ पुर्व केन्द्रीय सदस्य सुदर्शन खनाललाइ कोरोना संक्रमण भएको कारण उपस्थिति जनाउन नसकेकोले उहा लगायत जिल्ला सभापती झबिन्द्र पाण्डे,कार्यवाहक सभापति रामजी पन्थी सहितको टोलिले समवेदना सन्देश पठाएको थियो ।

उपसभापती द्वय तोमलाल पन्थी र कमल पोखरेल,सचिव द्वय पार्वती कुवर र सिजन राना, अर्का सह सचिव रोशन सिंह ठकुरी,कोषाध्यक्ष सुर्य खनाल, पुर्व जिल्ला सदस्य रामू आचार्य क्षेत्रीय सदस्य विवेक काफ्ले सुरज आचार्यले समवेदना सन्देश पठाउनुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय