प्रधानमन्त्री दरबारमा हामी गरिब ओढारमा ।साहुले सम्पत्ती लिलामी गरे अहिले ओढारमा

दिपक नेपाली । साउले सम्पत्ती लिलामी गरे पछी बागलुङ बुर्तीबाङमा घर भएका ७५ बर्षका चाउरे परियार र उनकी श्रीमती जुना परियार अहिले ओढारमा बस्न पर्ने बाध्यतामा परेका छन ….

साउले करिब एक लाख पचास हजार बाउ बाजेको पालामो रिन नदिएको भन्दै के पैसा दिनु नत्र घर सम्पत्ती छोड्नु भन्दै दिनका दिन घरमा आउन थाले पछी अहिले उनीहरु पैसा नभए पछी घर सम्पत्ती साहुलाई छोडेर छोरीको घरमा गएका थिए ।

छोरीको घरमा पनी सोचे जस्तो नहुदो रैछ ज्वाईले विभिन्न बाहानामा कुट्ने पिट्ने गर्न थाले पछी उनीहरु गाउँ छोडेर रुदै ओढारमा बस्न थाले ।

आफु संग गतिलो घरमा बस्न घर भाडा र कोठा भाडा तिर्ने पैसा नभए पछी उनीहरुले अन्तीम विकल्पमा बाग्लुङकै बढिगाड गाउँपालिका वाड नम्बर ६ मा बढिगाढ खोला नजिकैको किनारमा एक बाघ र भालु लुक्ने ओढारमा बस्न थालेका थिए उनीहरु त्यो ओढारमा करिब १८ दिन सम्म बिरामी श्रीमान १४ बर्षकी छोरी र ९ बर्षका छोरा संगै विताएका थिए..

ओढारमा बस्दा बर्खाको समयमा पानी र चिसोले ७५ बर्षका वृद्ध बुवा विरामीले झनै थला पर्न थाल्नु भएको थियो ।

श्रीमती जुना परियारले कयौ पटक आत्म हत्याको प्रयास पनी गरिन तर बिरामी श्रीमान र भोग भोकै छोरा र छोरीलाई हेर्दा आफुलाई कैयौ पटक समाल्दै आईकी थिईन । अहिले यो परिवार ओढार बाट एक गरु बाध्ने गोठमा सरेको छ ।

बढीगाड गाउपालिकाका वडा अध्यक्ष मौसम काजी क्षेत्रीले दुखमा परेका यो परिवारको लागी बाबा आमाको त्यो खबर थापाउन साथ परिवारलाई उद्धार गर्नु भएको हो ।

साथै समाज सेवी तथा दिभान्स होटलका सन्चालक जित बहादुर थापाले राहतको लागी चामल नुन र चिनी दाल सहयोग गर्नु भएको हो …..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय