अर्को नयाँ कम्पनीले आईपीओ आँउदै ,कति र कहिले ?

काठमाडौं – नेपाली शेयर बजारमा निकै लोकप्रिय छ प्राथमिक शेयर ।

एक पछि अर्की गरि आइपीओ खुले संगै आवेदनमा पनि कीर्तिमानी कायम भइरहेको छ । यसै बीच तेह्रथुम पावर कम्पनीले सर्वसाधरणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

अनुमति पाएसँगै अब केही दिनमा कम्पनीले शेयर निष्कासन गर्ने छ ।

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । बोर्डको अनुमतिसँगै अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो आईपीओ चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ। तेह्रथुम पावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।- आर्थिक संदेशबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय