अधिया गरिरहेको घर ढुङ्गा आएर भत्कायो…बाध्यता र परिस्थितिले चुहिने स्कुलमा पुर्यायो

अबिरल बिष्णु
मान्छेको जिवन न हो अनेक इक्षा चाहाना हुन्छन्। मान्छे गरिब हुनुमा पनि ठुलो दुर्भाग्य हो रहेछ।

कस्लाइ के थाहा जन्मिए पश्चात मलाइ ठिलो दु:ख खड्को छ भन्ने कुरा… यदि थाहा हुने भए साहेद मान्छे जन्मिन पनि हिचकिचाउथ्यो होला। अबुझ मान्छे सुखको आश गर्नु पनि स्वाभाविक भयो। यसो गरे हुन्छ कि उसो गरे हुन्छ भन्दा भन्दै दिन बितेको अत्तोपत्तो हुदैन।

भन्दा त सजिलो हुन्छ दुइ दिनको जिन्दगी तर अभावै अभावको जिन्दगी सारै बोझ हुने रहेछ। आज यो परिवारको दु:खद कहानी सुन्यो भने अति नै भावविह्वल छ।

पुतली सुनारको परिवारको घर करिब ९ वर्ष पहिले गुल्मीको चन्द्रकोट गाउँपालिका वडा ९ को निउरेनी अनकन्टार जङ्गलमा घर थियो। पैसा हुने हरु त शहरमा घर जग्गा किनेर गए तर यो गरिब परिवार यता सुख हुन्छ कि उता हुन्छ भन्दै अधिया तृपाटा खोज्दै खोज्दै पराहिको घरमा बस्नको लागी मुसिकोट नगरपालिका ५ तल्लाफाँटमा आए।

तिजको दिन थियो गाउभरि तिजको रमाइलो थियो। तर यो घरमा साच्चिकै दैब लागेको रहेछ। त्यहि दिननै घर देखि करिब ३ सय मिटर माथि देखि घर बराबरकै ढुङ्गाले घर नै तहस नहस पार्यो घरमा भएकि बुढी आमा पनि च्यापिनु भयो।

गरिबको सम्पत्ति गोठमा भएका भैसि र बाख्रा च्यापिए। बुढी आमालाइ त जसो तसो पैसा सापटि गरेरै भएनि निको पारियो तर मनको चोट नोको पार्न सकिएन। दैबको परिस्थिति र समयले परिवारको सबै खुसि लुट्यो पुरानो थोत्रिएको स्कुललाइ महल सम्झिन बाध्य भए।

करिब डेढ बर्स पुग्न आटि सक्यो। बार्खा मास स्कुलको छानो विभिन्न ठाउबाट चुहिन्छ्। पानी पर्दा एक्कै ठाउ गुजुल्टिनु बाहेक बिकल्प अरु रहेन। दैब पनि किन गरिब माथि मात्र लाग्छ होला। हरे भग्वान.. भगवानलाइ सम्झियो भने दैब लाग्दैन यो कुरा बिल्कुलै झुट्टा लाग्छ।

सबै कुरा नियाल्नको लागी भिडियो सामाग्री…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय