सागर भण्डारी मुसिकोट गुल्मी । समाजसेवी स्व.सुदर्शन शाक्यको स्मृतिमा विभिन्न सघंसंस्थाहरुले शोक सभा सम्पन्न गरेका छन् । शाक्यको ५ औँ दिनको पुण्यतिथि पारेर शोक सभा गरिएको हो ।
सामुदायिक रेडियो पुष्पाञ्जलीले संस्थापक अध्यक्ष एवम् सल्लाहकार स्व. शाक्यको सम्झनामा रेडियोले पनि शोक सभा सम्पन्न गरेको छ । रेडियो स्थापना देखि हालसम्म गर्नुभएको योगदान स्वरुप सम्पन्न शोक सभामा रेडियोका अध्यक्ष दिनेश खातिले शोक वक्तव्य प्रस्तुत गर्दै स्व. शाक्यको निधनले रेडियोलाई अपुरणीय क्षति पुगेको बताउनुभएको थियो ।
साथै ग्रामीण क्षेत्रमा सुचना र सञ्चारको पहँुचमा पुर्याउन रेडियो स्थापनाका लागि गर्नुभएको प्रयास र लामो समय रेडियोको सञ्चालक समिति अध्यक्षमा रहँदा गर्नुभएका कार्यहरुको उच्च प्रशसां गर्दै उहाँले प्रेरित गर्नुभएको बाटोमा हिँड्न सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा रेडियो सञ्चालक समिति उपाध्यक्ष विवेक काफ्ले, सचिव सुन्दर प्रधान, सहकोषाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच नेपाली काँग्रेसले पनि स्व.शाक्यको स्मृतिमा शोक सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति समेत रहनुभएका शाक्यको सम्झनामा उहाँको निवास वामीटक्सारमा शोक सभा सम्पन्न गरिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा भएको शोक सभामा काँग्रेस जिल्ला उपसभापति विष्णु बलालले शोक पत्र वाचन गर्दै स्व. शाक्यको निधनले काँग्रेसमा अपुरणीय क्षति पुगेको भन्दै उहाँले देखाएको बाटोमा हिँड्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । उक्त शोक पत्र जिल्ला पार्टी सभापति भुवन श्रेष्ठले परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिवद्धय खिलध्वज पन्थी,विष्णु कुमारी सापकोटा,पूर्व जिल्ला कार्यवहाक सभापति शालिक पन्थी,पूर्व जिल्ला सचिव हरि नारायण सापकोटा, क्षेत्र नं २ का क्षेत्रिय सभापति भगत खड्का लगायतले बोल्दै स्व.शाक्यको निधनप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्नुभएको थियो ।
त्यस्तै जिल्ला कोषाध्यक्ष हरि बहादुर खत्री,महासमिति सदस्य प्रेम नारायण भण्डारी,महेन्द्र भण्डारी,जिल्ला सदस्य कल्पना घिमिरे,धिरेन्द्र केसी,महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा,तरुण दल जिल्ला अध्यक्ष भरत भलामी,नेपाल महिला सघं सभापति लक्ष्मी पाण्डे,धुर्र्कोट गाउँपालिकाका उपप्रमुख शिव केसी,काँग्रेस नेता थम्मन केसी,अमृता कुँवर र झविन्द्र विक,नेपाली काँगेस मुसिकोट नगरकार्यसमिति सचिव मोहन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले फोन मार्फत शोक शन्देश व्यक्त गर्दै मुसिकोट नगरपालिकाका प्रत्येक वडामा १ हजार माक्स र ५ सय लिटर सेनिटाईजर पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितले पनि शोक वक्तव्य जारी गरेको छ । काँग्रेस वामी गाउँ विकास समितिका पूर्व सभापति कृष्णहरी सापकोटाले शोक पत्र जारी गर्नुभएको थियो ।
नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिका कार्यवहाक सभापति वेग प्रसाद शाक्यको सभापति रहनुभएको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस वडा नं ७ का वडासचिव तेजिन्द्र जिसीले गर्नुूभएको थियो ।
सोही कार्यक्रममा नेपाल दलित सघं, मुसिकोट युनेस्को केन्द्र,महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, उद्योग वाणिज्य सघं,श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र,होटल व्यवसायी मञ्च,नेवा वर्जु पुच लगायतका अन्य सघं संस्थाले पनि शोक सभा सम्पन्न गरेका थिए ।
स्वं शाक्यका भाईहरु सन्सार शाक्य र सन्तोष शाक्यले अकल्पनीय घटनाले परिवारमा गहिरो घाउ दिएको भन्दै यो शोकको घडीमा विभिन्न सघंसंस्था तथा सम्पूर्ण मुसिकोटबासीहरुले गर्नुभएको माया,सदभाव र सहानुभुतीका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
साथै उहाँहरुले स्वं दाजुले गर्नुभएका सामाजिक कार्य र नेपाली काँग्रेस प्रति गरेको लगानी,प्रतिबद्धता र व्यवहार एवम् संस्कारलाई अगाडी बढाउनु आफ्नो काँधमा थपिएको भन्दै दाजुले पुरा गर्न नसकेका सपनाहरु पुरा गर्न प्रतिबद्ध रहने बताउनुभएको थियो ।