काङ्ग्रेस मुसिकोटले स्व: सभापति शक्यको सम्मानमा सात दिनसम्म आधा झन्डा झुकाउने

विवेक काफ्ले,वामी । पार्टी सभापतिको असमायिक निधन भएपछी स्तब्ध नेपाली काँग्रेस मुसिकोट नगर समितिले ५ दिन सम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ।

हिजो सम्पन्न नगर समितिको बैठकले उक्त निर्णय गरेको हो। नेपाली काङ्ग्रेसका नगर सभापती स्व. सुदर्शन शाक्यप्रती श्रद्धाञ्जली व्यक्त गर्दै स्व. सभापतिले पार्टीलाई पुर्याएको योगदानलाई सम्मान गर्दै नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिको कार्यालय र नगरका सबै वडा कार्यालयमा ७ दिनसम्म पार्टीको झण्डा आधा झुकाइने बताइएको छ।

नगर सचिव मोहन घिमिरेको अध्यक्षता बसेको नगर समितिको बैठकले १५ दिन सम्म पार्टीको नगर कार्यालय र सबै वडा कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय पनि गरेको छ।

बैठकले शाक्यको निधनले पार्टी मात्र नभएर सिंगो नगरबासिलाई अपुरणिय क्षति भएको समेत निष्कर्ष निकालेको छ ।

उक्त बैठकले नगर उपसभापति बेग प्रसाद शाक्यलाइ कार्यबाहक सभापतिमा चयन गरेको नगर सचीव मोहन घिमिरेले गुल्मी प्रेसलाई जानकारी दिनुभएको छ ।

नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिले सूचना जारी गर्दै स्व.सभापति सुदर्शन शाक्यको निवासमा पाचौं दिनको पुण्य तिथिमा आज(आइतबार ) बिहान ११:३० बजे श्रद्धाञ्जली सभाको आयोजना गरिएकोले सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरिएको छ। शाक्यको गत असार ९ गते बुटवलमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय