गुल्मीमा किन आए कोरोना महामारिकै बिचमा साम्सद र स्वास्थ्य मन्त्री

विष्णुप्रसाद आचार्य”चकित” मुसिकोट गुल्मी कोरोना महामारिकै बिचमा साम्सद र स्वास्थ्य मन्त्री गुल्मी आएका छन ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसन्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र लुम्बिनी प्रदेश साम्सद खड्ग केसि शनिबार गुल्मीको तम्घास आएको र आइतबार मुल्मीको मुसिकोट नगरपालिकामा आएको बताइएको छ ।

कोरोना महमारिको अवस्था बुझ्न र अवलोकन गर्न भन्दै गुल्मीको मुसिकोटमा आएको मुसिकोटका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

आइतबार नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले मुसिकोट नगरपालिकाले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि गरेका पुर्व तयारी र व्यवस्थापनको बारेमा राम्रो भुमिका निर्वाह गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।

यस विपदको समयमा स्वास्थ्यकर्मीहरुलाइ सम्यमतापुर्वक सेवा दिइरहेकोप्रती धन्यवाद व्यक्त गर्दै मनोबल उच्च बनाएर काम गर्न अनुरोध समेत गर्नुभएको थियो ।

स्वास्थ्यकर्मीहरुले सेवा प्रवाह गर्दा पुरानै शैलीमा नभई प्रविधि मैत्री भएर काम गर्न उहाले आअनुरोध समेत गर्नुभयो । काम गर्ने क्रममा स्वास्थ्य सामाग्री लगायतका व्यवस्थापनमा लुम्बिनी प्रदेशले सक्दो पहलकदमी गर्ने पनि उहाले बताउनुभयो ।

साथै आउदो लुम्बिनी प्रदेशको बजेट कोरोनाको रोकथाम र व्यवस्थापनमा केन्द्रीत रहने पनि उहाले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा मुसिकोटको कोरोना महामारीको अवस्था र न्यूनीकरणका लागि भएका प्रयासबारे स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी गराउनुभएको थियो ।

यसैबिचमा नगरपालिकामा कोरोना महामारी नियन्त्रणमा भैरहेका प्रयासको बारेमा बताउदै आगामी दिनमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा नगरप्रमुख सोमनाथ सापकोटाले मन्त्री समक्ष जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश मन्त्री श्रेष्ठ सहित साम्सद खड्ग केसि, बरिस्ठ जनस्वास्थ्य प्रशासक डा.रोशन चौधरी सहितको टोलि अवलोकनको लागि आएको पनि जिसिले बताउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका आर्थिक विकाश समिति सम्योजक तथा वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले, वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा,लगायतको उपस्थिती रहेको कार्यक्रमको सन्चालन प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय