संक्रमितलाई पिठ्युमै बोकेर अस्पतालसम्म जनप्रतिनिधि

खोटाङ : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई दिलो ज्यान दिएर कोरोना संक्रमितहरुको उद्धार तथा उपचारमा जुटिरहनु भएको छ ।

यतिसम्म कि अध्यक्ष राई संक्रमितलाई पिठ्युँमै बोकेर आफूले प्रयोग गर्दै आएको गाडीसम्म लैजानु हुन्छ्, गाडीमा राखेर अनि आफैं गाडी हाँकेर दिप्रुङ चुईचुम्मागाउँपालिका–१ याम्खामा रहेको अस्थाई कोभिड अस्पताल पुर्याउनु हुन्छ ।

कोरोना संक्रमित भई सिकिस्त विरामी भएकी याम्खा खामडाँडाकी ८८ वर्षीया धनकुमारी अधिकारीलाई बुधबार गाउँपालिका अध्यक्ष राईले

उनकै घरबाट पिठ्युँमा बोकेर गाडीसम्म ल्याएर गाडी कोभिड अस्पतालतर्फ हुंईक्याउनु भयो ।

कोभिड अस्पतालमा संक्रमित अधिकारीलाई भर्ना गरेपछि बल्ल ढुक्क भए गाउँपालिका
अध्यक्ष राई । अनि आफूले संक्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म लगेर, गाडीमार्फत अस्पताल पु¥याएको भिडियो फेसबुकमा राखेर उनले आरामको स्टाटस लेख्नु भयो, ‘फेरी पनि अर्को घटना हुनबाट जोगिएका छौं ।’

हामी तपाईहरुको साथमा हर समय छौं । फेरी पनि अर्को घटना हुनबाट जोगिएका छौं । अध्यक्ष राईले फेसबुकमा लेखेका छन् ।

‘उहाँले अस्पतालसम्म पुग्दादुई पटक दिशा, पटक–पटक बान्तागर्नुभएको थियो ।’ अस्पताल भर्नापछि स्वास्थ्यकर्मीको निगरानी, सल्लाह र मनोपरामर्शका कारण उहाँको स्वास्थ्यमा सुधार आएको छ । यसअघि पनिगाउँपालिका अध्यक्ष राईले संक्रमणका कारण गम्भीर परेकाहरुको घर–घरमापुगेर आफूले प्रयोग गर्दै आएको गाडीमा राखेर आफैले

गाडी चलाएर कोभिड अस्पतालमा बिरामी ओसार्नु भएको थियो । उनीहरुको स्वास्थ्य अवस्था निक्कै नै सुधारोन्मुख भई सकेको छ । होम आइसोलेसनमा छोडेका संक्रमितहरुलाई स्वासप्रस्वासमा समस्या आएमा तथा अन्यगम्भीर प्रकृतिका लक्षण देखिएमा आफूलाई जतिबेलापनि सम्पर्क गर्न भनि मौखिक तथा विज्ञप्ति जारी गरेपछि परि आएको बेला

गाउँपालिका अध्यक्ष राई जतिबेला जस्तोसुकै समयमा पनि गाउँपालिकाबासीको सेवामा हाजिर हुनु भएको हो । महामारीबाट पालिकाबासीलाई बचाउन जस्तोसुकै मूल्य चुकाउन गाउँपालिका पछि नपर्ने गाउँपालिका अध्यक्ष राईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय