डिसहोमले आईपीओ जारी गर्दै, कहिले  र कति ?

काठमाडौं । सबै भन्दा ठुलो टिभि नेटवर्क डीस होमले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।

सहर देखि गाँउ सम्म कम्पनीले उत्कृष्ट सेवा प्रभाव सहित आफ्नो पहिलो उपस्थिति जनाइरहेको छ । ११ लाख ग्राहक रहेको डिसहोमले ग्रामिणस्तरसम्म स्याटालाइटमार्फत् इन्टरनेट पुर्‍याउने तयारीसमेत अगाडि बढाइरहेको छ ।

२०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औषत ३० प्रतिशतका दरले आम्दानी बृद्धि गरेको छ । आम्दानी बढ्दै जाँदा डिसहोमले ऋण भने घटाउँदै लगेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ७ करोड ८० लाख रुपैयाँ ऋण घटाएर कुल ऋण २ अर्ब २४ करोड ५० लाख पुर्‍याएको छ ।

कम्पनीको पुँजीगत संरचनातर्फ ४७ प्रतिशत हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनी र बाँकी ५३ प्रतिशत नेपाली लगानीकर्ताको हिस्सामा छ । कम्पनीको अध्यक्षमा हेमराज ढकाल र प्रवन्ध निर्देशकमा सुदिप आचार्य हुन् ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय