चन्द्रागिरी हिल्सको सेयर मूल्यघट्यो, कतिमा कति ?

काठमाडौं । चन्द्रगिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ ।

साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य २.५७ प्रतिशतले घटेको हो । मंगलबार प्रतिकित्ता ४५ रुपैयाँले घटेर १ हजार ७०४ रुपैयाँमा झरेको छ । आज कम्पनीको ३ करोड ६७ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कम्पनीको २१ हजार ४४२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यो पनि पढ्नुहोस् काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको छ । अनुमति पाए पछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ । हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ ।

यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय