प्रभु सेलेक्ट फण्डमा करिब २ गुणा बढी आवेदन, तपाँलााइ पर्ने  सम्भाबना कति ?

काठमाडौं । प्रभु सेलेक्ट फण्डको करिब २ गुणा बढी आवेदन परेको छ । १० करोड इकाई निष्काशन गरेकामा १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ ।

८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २८० इकाई खरिदका लागि आवेदन परेको छ । प्रभु क्यापिटलले जेठ ५ देखि प्रतिइकाई १० रुपैयाँका दरले १ अर्बको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो पनि पढ्नुहोस् काठमाडौं–जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल) ले करिब ११ अर्ब रुपैयाँको शेयर जारी गर्ने भएको छ । कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति आइतबार पाएको हो । कम्पनीले गत चैत १२ गते शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीको यसअघि नै हकप्रद जारी गर्न निवेदन दिएपनि लामो समयसम्म आवश्यक विवरण उपलब्ध नगराएको भन्दै सेबोनले हकप्रद पाइपलाइनबाट हटाएको थियो ।

कम्पनी संस्थापक शेयरधनीहरुबाट हकप्रदको कल इन एभडान्स्ड रकम उपलब्ध नहुँदा कम्पनीले पुनः हकप्रद शेयर जारी गर्ने अनुमति मागेको थियो । हकप्रद शेयर निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । हाल ११ अर्ब रुपैयाँ पूँजी रहेको कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब रूपैयाँ पुग्नेछ ।

कम्पनीमा सरकारको ८० प्रतिशत र अन्यको २० प्रतिशत लगानी छ । जलविद्युतको क्षेत्रमा लगानी गर्ने उदेश्यले सरकारले कम्पनीको स्थापना गरेको हो ।

एचआइडीसीएलले हकप्रद शेयर जारी गर्न क्रेडिट रेटिङ कम्पनी केयर नेपालबाट रेटिङ सम्पन्न गरिसकेको छ । केयर नेपालले एचआइडीसीएलको हकप्रदलाई ‘केयर एनपी ए माइनस’ रेटिङ दिएको छ । केयर एनपी ए माइनस रेटिङ सुरक्षित भएको केयर नेपालले जनाएको छ । रेटिङ सम्पन्न भएसँगै कम्पनीलाई हकप्रद शेयर जारी गर्न सजिलो भएको छ ।

एचआईडिसीएलले २०७५ सालमा नै शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्दै सरकारबाट कल इन एडभान्ड समेत लिइसकेको छ । कम्पनीमा हकप्रद वापतको ५ अर्ब रुपैयाँ रकम सरकारले निकासा गरेपनि कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले हकप्रद शेयरको रकम नहाल्दा हकप्रद निष्काशन अन्यौलमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय