एशियन लाइफको शेयरमा आवेदन दिने आज अन्तिम दिन, कतै तपांई छुट्नु त भएन ?

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएकोछ । महालक्ष्मी विकास बैंकले एशियनको शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा आवेदन दिने आज (जेठ ९) गते अन्तिम दिन हो ।

लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । बैंकले गत वैशाख २६ गते आइतबारदेखि उक्त संस्थापक शेयर लिलाम बढाबढमा राखेको हो। उक्त शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

लिलामी शेयर खरीदका लागि विद्यमान शेयरधनीका साथै जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम मूल्यमा शेयर बिक्री गर्दा पनि बैंकले उक्त लिलामीबाट १० करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय