बुटवलबाट तम्घास तर्फ आइरहेको मालबाहक पाल्पाको ट्रक दुर्घटना

बुटवलबाट तम्घास तर्फ आइरहेको मालबाहक पाल्पाको ट्रक दुर्घटना भएको छ।

आज विहान करिब ५.४५ बजेतिर बुटवल बाट तम्घास तर्फ आइरहेको ना २ ख ९५८२ नम्बरको ट्रक रिब्दिकोट गाउँ पालिका २ जोर्तेमा दुर्घटना ग्रस्त भएको हो।

ट्रकमा चालक सहित २ जना रहेका थिए । २ जनालाई नै प्रहरी चौकी अर्गली पाल्पाले उद्दार गरि युनाइटेड मिसन अस्पताल पठाएको प्रहरीले जनाएको छ।घाइते हुनेहरुमा चितवनका अन्दाजी बर्ष ४५ का चालक हिरालाल चौधरी र सोही जिल्लाका अन्दाजी बर्ष २८ का सहचालक सिकारम चौधरी रहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये चालक चौधरी लाई हात खुट्टा मुख तथा शरिरमा चोटपटक लागेको छ भने सहचालक सिकाराम लाई हातमा चोट लागेको समाचारमा उल्लेख गरिएको छ।दुर्घटना ब्रेक नलागेर भएको प्रहरीले जनकारि प्रप्त भएको छ ।- युनिक खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय