काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय र चाँदी ३५ रुपैयाँले बढेको हो।
महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर दुई लाख ४७ हजार नौ रुपैयाँ पुगेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तीन हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


