बडिगाड गाउँपालिका ५ ग्वालीचौर बाग्लुङ्गद्वारा धानको मुठि लिने र न्वागी खाने शुभ साइत सार्वजनिक

बडिगाड बाग्लुङ,

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ (ग्वालिचौर) ले यस वर्षको धानको मुठि लिने तथा न्वागी खाने शुभ साइत सार्वजनिक गरेको छ।

वडा कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार यहि कात्तिक ११ गते बुधबारका दिन बिहान ९ बजेर ५ मिनेट जाँदा (दिनगत घटिका ७ घडी / ३ पोला) पूर्व दिशातर्फ फर्केर धानको मुठि लिनु शुभ रहेको जनाएको छ।

त्यसैगरी, नयाँ अन्न भित्र्याएर खाइने ‘न्वागी’ खाने कार्यक्रमका लागि भने आउँदो मंसिर ६ गते आइतबारको दिन शुभ रहेको वडा अध्यक्ष विष्णु प्रसाद आचार्यद्वारा जारी सूचनामा उल्लेख छ।

स्थानीय धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिँदै वडा कार्यालयले आधिकारिक रूपमै पञ्चाङ्ग र शुभ साइतको समय निर्धारण गरी सर्वसाधारणको जानकारीका लागि यो सूचना जारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय