कस्तो रहला आज तपाइको दिन? हेर्नुहोस राशिफल।

ज्याे. डा. खेमराज मिश्र, पीएचडी

 

आजको राशिफल: वि.सं. २०८३ मंसिर ०८ गते मङ्गलबार, ई.सं. २०२६ नोभेम्बर २४, हेमन्त ऋतु, दक्षिणायन, नेपाल संवत् ११४७ कछलाथ्व पुन्हि, कार्तिक शुक्लपक्ष । पूर्णिमा तिथि राति ८:४७ बजेसम्म, त्यसपछि कृष्ण प्रतिपदा । कृत्तिका नक्षत्र राति ११:४१ बजेसम्म, त्यसपछि रोहिणी । मेष राशिमा चन्द्रमा बिहान ७:४१ बजेसम्म, त्यसपछि वृष राशिमा प्रवेश । वृश्चिक राशिमा सूर्य । परिघ योग दिउँसो ४:२१ बजेसम्म, त्यसपछि शिव योग । विष्टि करण बिहान १०:२२ बजेसम्म, त्यसपछि बव करण राति ८:४७ बजेसम्म, त्यसपछि बालव करण । सूर्योदय बिहान ६:३२ बजे र सूर्यास्त बेलुका ५:०९ बजे हुनेछ ।

 

आज कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु नानक जयन्ती, कार्तिक स्नान समाप्ति, चतुर्मास व्रत समापन, निम्बार्काचार्य जयन्ती तथा सकिमना पुन्हि पर्व मनाइँदैछ । सिख धर्मका प्रवर्तक गुरु नानक देवको जन्मजयन्तीका रूपमा गुरु नानक जयन्ती मनाइन्छ । कार्तिक महिनाभर गरिने स्नान, दीपदान तथा धार्मिक अनुष्ठान आजबाट समापन हुन्छन् । चतुर्मास व्रतको पनि आज समापन हुने भएकाले धार्मिक दृष्टिले यस दिनलाई विशेष पुण्यदायी मानिन्छ । निम्बार्क सम्प्रदायका प्रवर्तक आचार्य निम्बार्कको जयन्ती पनि आजै मनाइन्छ । नेवार समुदायमा सकिमना पुन्हिका अवसरमा विशेष पूजा, दान तथा धार्मिक परम्पराहरू सम्पन्न गरिन्छन् ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुनेछ । रोकिएका काम पूरा गर्न अनुकूल वातावरण बन्न सक्छ । व्यापार व्यवसायमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । आर्थिक कारोबारमा लाभ भए पनि खर्च बढ्न सक्ने भएकाले सचेत रहनुहोला । पारिवारिक सम्बन्धमा मधुरता कायम रहनेछ । हतारमा निर्णय नगरी सोचविचार गरेर अघि बढ्नुहोला । (आजका लागि शुभ रङ: रातो, शुभ अङ्क: ९)

 

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज मनमा नयाँ उत्साह र सकारात्मक सोच आउनेछ । कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्न सक्छ । व्यापार व्यवसायमा नयाँ योजना अघि बढाउन सकिनेछ । आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि अनावश्यक लगानीबाट बच्नुहोला । पारिवारिक जीवन सुखद रहनेछ । स्वास्थ्यमा खानपान र आराममा विशेष ध्यान दिनुहोला । (आजका लागि शुभ रङ: सेतो, शुभ अङ्क: ६)

 

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज कामकाजमा केही व्यस्तता बढ्न सक्छ । नयाँ व्यक्तिसँगको भेटघाटले उपयोगी अवसर दिलाउन सक्छ । अध्ययन, लेखन तथा सञ्चारसम्बन्धी काममा प्रगति हुनेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । साथीभाइ तथा आफन्तसँगको सम्बन्ध सुमधुर रहनेछ । अनावश्यक चिन्ता नगरी आफ्नो योजनामा केन्द्रित रहनुहोला । (आजका लागि शुभ रङ: हरियो, शुभ अङ्क: ५)

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आम्दानीका नयाँ स्रोत पहिचान गर्ने अवसर मिल्न सक्छ । सामाजिक तथा व्यावसायिक क्षेत्रमा मानसम्मान बढ्ने सम्भावना छ । रोकिएका आर्थिक काम अघि बढ्न सक्छन् । पारिवारिक सदस्यबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नुहोला । (आजका लागि शुभ रङ: सेतो, शुभ अङ्क: २)

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ । मेहनत र लगनशीलताले आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ । उच्च पदस्थ व्यक्तिबाट सहयोग मिल्ने सम्भावना छ । आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्च व्यवस्थापनमा ध्यान दिनुहोला । पारिवारिक विषयमा संयमित व्यवहार गर्नु उचित हुनेछ । आत्मविश्वास कायम राखेर अघि बढ्दा सफलता मिल्नेछ । (आजका लागि शुभ रङ: सुनौलो, शुभ अङ्क: १)

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यको साथ प्राप्त हुने सम्भावना छ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । अध्ययन, अनुसन्धान र नयाँ ज्ञान प्राप्तिका लागि समय अनुकूल रहनेछ । वैदेशिक काम तथा यात्रासम्बन्धी प्रयासमा सकारात्मक संकेत देखिन सक्छ । आर्थिक पक्षमा सुधार आउनेछ । गुरुजन तथा अनुभवी व्यक्तिको सल्लाहले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ । (आजका लागि शुभ रङ: हरियो, शुभ अङ्क: ५)

 

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काममा धैर्य र सावधानी अपनाउनुपर्नेछ । आर्थिक लेनदेन तथा साझेदारीका विषयमा स्पष्टता राख्नुहोला । पुराना समस्या समाधान गर्ने अवसर प्राप्त हुन सक्छ । पारिवारिक सम्बन्धमा आपसी समझदारी आवश्यक रहनेछ । प्रेम सम्बन्धमा सामान्य उतारचढाव आए पनि संवादबाट समाधान हुनेछ । स्वास्थ्यमा तनाव र थकान बढ्न नदिन ध्यान दिनुहोला । (आजका लागि शुभ रङ: नीलो, शुभ अङ्क: ६)

 

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज साझेदारी र सहकार्यबाट लाभ प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा नयाँ सम्झौता तथा कामको अवसर मिल्ने सम्भावना छ । दाम्पत्य जीवनमा आपसी विश्वास र समझदारी बढ्नेछ । आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि अरूको भरमा निर्णय नगर्नुहोला । सामाजिक सम्बन्ध विस्तार हुनेछ । आफ्नो बोली र व्यवहारमा संयम राख्दा थप सफलता प्राप्त हुनेछ । (आजका लागि शुभ रङ: मरुन, शुभ अङ्क: ९)

 

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज दैनिक कामकाजमा सक्रियता बढ्नेछ । प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ । नोकरी तथा व्यवसायमा नयाँ जिम्मेवारी आउन सक्छ । आर्थिक कारोबारमा लाभ हुने सम्भावना छ । पारिवारिक जीवनमा सामान्य व्यस्तता रहनेछ । स्वास्थ्यमा खानपान र नियमित दिनचर्यालाई प्राथमिकता दिनुहोला । (आजका लागि शुभ रङ: पहेँलो, शुभ अङ्क: ३)

 

मकर राशि (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज सिर्जनात्मक काम र नयाँ योजनामा सफलता मिल्न सक्छ । अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । सन्तानको पक्षबाट खुसीको समाचार प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा आत्मीयता र विश्वास बढ्नेछ । आर्थिक पक्षमा लाभका अवसर प्राप्त भए पनि जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोला । आफ्नो प्रतिभा र क्षमताको सदुपयोग गर्दा राम्रो उपलब्धि हासिल हुनेछ । (आजका लागि शुभ रङ: नीलो, शुभ अङ्क: ८)

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज पारिवारिक विषयमा विशेष ध्यान दिनुपर्नेछ । घरजग्गा तथा सम्पत्तिसम्बन्धी काम अघि बढ्न सक्छन् । कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि मेहनतअनुसार सफलता प्राप्त हुनेछ । आर्थिक कारोबारमा सोचविचार गरेर निर्णय लिनुहोला । आफन्तसँगको सम्बन्धमा आत्मीयता कायम रहनेछ । मानसिक शान्तिका लागि धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुनु लाभदायक हुनेछ । (आजका लागि शुभ रङ: आकाशे नीलो, शुभ अङ्क: ४)

 

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सम्पर्क र संवादका माध्यमबाट नयाँ अवसर प्राप्त हुन सक्छ । छोटो यात्राको सम्भावना छ । लेखन, अध्ययन तथा व्यावसायिक काममा प्रगति हुनेछ । दाजुभाइ तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि अनावश्यक खर्च नियन्त्रण गर्नुहोला । महत्त्वपूर्ण निर्णय गर्दा हतार नगरी सबै पक्ष विचार गर्नु उचित हुनेछ । (आजका लागि शुभ रङ: पहेँलो, शुभ अङ्क: ३)

 

डा. खेमराज मिश्र, पीएचडी, उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय