खुसिको खबर ३३ करोड ४४ लाखको नयाँ आईपीओ आउँदै

काठमाण्डौं—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक पछि अर्को कम्पनी प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा छन् ।

दुई कम्पनीले ३३ करोड ४४ लाखको आईपीओ निष्कासनको तयारीमा छन् । दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेका हुन् । दोर्दी खोलाले २९ करोड ५१ लाख रुपैयाँ बढी र मानुषी लघुवित्तले ३ करोड ९३ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने अनुमति मागेका छन् ।

यी दुई कम्पनीले धितो पत्र बोर्डमा आवेदन दिएर अनुमतिको प्रक्रियामा रहेका छन् । अनुमित पाउनासाथ आईपीओ निष्कासन गर्ने योजना रहेको कम्पनी जनाएका छन् ।

बोर्डबाट अनुमति पाएमा दोर्दी खोला जलविद्युतले रु. १०० अंकित दरका कुल २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै मानुषी लघुवित्तले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो लघुवित्तको आईपीओ निष्कासनकर्तामा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय