हजुरआमाको सम्झनामा आमा समूह तथा प्रतिक्षालयलाई सहयोग

विष्णुप्रसाद आचार्य “चकित”,मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी काफलटोला निवासी नारायण काफ्ले र लक्ष्मी काफ्लेका छोरा सुवास काफ्लेले स्वर्गीय हजुर आमाको सम्झनामा स्थानीय आमा समूह र स्थानीय प्रतिक्षालयलाई सहयोग गर्नुभएको छ ।

सोमबार परेको हजुर आमा अम्बिका काफ्लेको १३ औ दिनको पुण्य तिथिमा नाति सुवास काफ्लेले स्थानीय महिला जागरण आमा समुहलाई सातहजार एकसय पाच बराबरको जिन्सी सामाग्री सहयोग गरेको आमा समुहकी अध्यक्ष बालकुमारी काफ्लेले नबखबरलाई जानकारी दिनुभयो ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ७ परुवा स्थित निर्माणधिन अवस्थामा रहेको प्रतिक्षालयलाई नगद दश हजार रुपैया हस्तान्तरण गरेको प्रतिक्षालय निर्माण समितिका अध्यक्ष इश्वरी प्रसाद सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय