भोलि देखि नँया कम्पनिको आईपिओ निस्कासन हुदै ,  कुनको र कति ?

प्रभु बैंक कोष प्रवर्द्धक रहेको प्रभु म्युचुअल फण्डले ‘प्रभु सेलेक्ट फण्ड’ ल्याउन लागेको हो । प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले नयाँ स्किम ल्याउने भएको छ ।

प्रभु सामूहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतेदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कुल एक अर्ब रुपैयाँको दस करोड़ इकाइहरु निष्कासन गरिने छ। यसमध्ये १४ प्रतिशत कोष प्रवर्द्धकका नाताले प्रभु बैंकले लिने छ १ प्रतिशत इकाई प्रभु क्यापिटलले लिनेर बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ। यस फण्डको बिक्री खुल्ला यही आऊदो जेठ ५ गतेबाट निष्कासन हुने छ र छिटोमा ९ गते बन्द हुने छ ।

यदि यो समयमा सम्पूर्ण ईकाई बिक्री नभएमा जेठ १५ गतेसम्म बिक्रीमा राखिने छ। यसमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सकिने छ। इकाइको अंकित मूल्य १० रुपैयाँ छ। इकाइको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ। यो म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यो पनि पढ्नुहोस?
काठमाडौं—पुँजी बजारमा जलविद्युत कम्पनीहरुको शेयरमा पनि आकर्षण बढिरहेको बेला एक जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साढे ६२ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।

जलविद्युत् आयोजना निर्माण गरिरहेको ग्रीन भेन्चर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । स्वीकृति पाउनासाथ आईपीओ निष्कासन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

जलविद्युत कम्पनी ग्रीनले ६२ करोड ५० लाख रुपैंया बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

ग्रीन भेन्चरले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। आयोजनाको ८० प्रतिशत बढी काम सकिएको छ ।

आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ ।

आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबिआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५ ८५ करोड रुपैयाँ ऋण लगानी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय