कोरोना महामारीाका बिच घरमा डोजर चलेपछि ५० घरधुरीको सडकमा

सौरभ यादव – कोरोना महामारीमा घरमा डोजर चलेपछि ५० घरधुरीको सडकमा बास भ‍एको छ ।

कोरोना सङ्क्रमणको महामारीबाट बच्न र बचाउनलागि धनुषा प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने निषेधाज्ञाको अवधिभर अत्यावश्यक काम बाहेक घरभित्र बस्न आग्रह गरेको छ । तर, यही बेला प्रहरीकै संलग्नतामा जनकपुरधाम उपहानगरपालिका–१२ कुवा टोलका १५ परिवार विपन्नको घर भत्काइएपछि ५० जना घर विहीन बनेका छन् ।

करिब चार दशकदेखि बसोबास गर्दै आएको घर बिहीबार साँझ प्रहरीकै संलग्नतामा डोजर लगाएर भत्काइएको पीडितहरू बताउँछन् । सो टोलमा मुखिया, कुम्हार, यादव, मण्डल (खत्बे) लगायत समुदायको बसोबास छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका उनीहरूको घर भत्काइएपछि रातभर (गए राति) सडकमै सुतेका छन् ।

गुठी संस्थान धनुषाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा डोजर लगाएर घर-टहरा भत्काइएको हो । ती घर टहरा भत्काउने क्रममा स्थानीयले विरोध गर्दै प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका थिए ।

स्थानीयले गरेको ढुंगामुढाले डोजरको सीसा फुटेर क्षति भएको छ भने डोजर चालकसहित दुई जना प्रहरीसमेत सामान्य घाइते भएको उनको भनाइ छ ।

उनकाअनुसार प्रहरीमाथि हातपात प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध रूपमा बनाइएका बाँकी घर टहरा पनि भत्काइने उनले बताए ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गुठी संस्थान कार्यालय धनुषाबाट स्थानीय राजदेवी मन्दिरको पोखरी डिलमा अतिक्रमित जग्गा मुक्त गराउन सिफारिस भई निवेदन आएकोमा अतिक्रमणमुक्त गराइएको बताए ।

हामीलाई जग्गा अतिक्रमण गराउन आवश्यक सहयोग गरिदिन आएको निवेदनको आधारमा प्रहरी परिचालन गरी अतिक्रमण मुक्त गराइएको हो,’ उनले भने, ‘हामीले सुरक्षा मात्रै प्रदान गरेका हौ ।’- केटीएम दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय