सामुदायिक रेडियोको कोरोना उपचार तथा सहयोग सङ्कलन अभियान ।।

सागर भण्डारी गुल्मी । गुल्मीको सामुदायिक रेडियो पुष्पाञ्जलीले कोरोना उपचार तथा सङ्क्रमण रोकथामकालागि सहयोग सङ्कलन अभियान सुरु गरेको छ ।

पछिल्लो समय अक्सिजनकै कारण ज्यान गुमाउनु परेका धेरै घटनाहरु बढ्न थालेपछि रेडियोले गुल्मीमा यस्तो भयावह स्थितिको सामनाकालागि पूर्व तैयारी स्वरुप सहयोग सङ्कलन अभियान सुरु गरेको हो ।

ग्रामिण क्षेत्रमा अक्सिजनको सहज आपूर्ति हुन नसक्दा ज्यान गुमाउनेहरुको संख्या बढ्दै जान थालेकाले त्यसकालागि सहयोग सङ्कलन अभियान थालिएको रेडियोका अध्यक्ष दिनेश खातीले जानकारी दिनुभयो । सङ्कलित रकमबाट स्थानीय सरकारसग समन्वय गरी अक्सिजन सिलिण्डर खरिद गर्ने वा कोरोना विरामीको उपचारमा अन्य आवश्यक सामाग्री खरिदकालागि प्रयोग गरिने समेत उहाँले बताउनुभयो ।

यसकालागि रेडियोले गुल्मी जिल्लामा रहेका विभिन्न सामाजिक व्यक्तित्व सघंसंस्था, विदेशमा रहेका नेपाली र विभिन्न निकायहरुसगं सहयोगकालागी अपिल गरेको छ ।
यो समाचार तयार पार्दा सम्म २ लाख बराबरको सहयोग सङ्कलन भईसकेको र सहयोग उठ्ने क्रम जारि रहेको छ ।

सहयोग रकम सङ्कलन र व्यवस्थापनकालागि रेडियोले समितिनै बनाएर काम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय