लकडाउनका कारण दैनिक १० करोड रूपैयाँ बराबरको १९ लाख लिटर दूध खेर गयो

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले दैनिक १० करोड रूपैयाँ बराबरको १९ लाख लिटर दूध खेर गएको छ।

पछिल्लो समय बजारमा दूधको खपत कम भएपछि १० करोड रूपैयाँ बराबरको दूध खेर गएको हो ।

एक सातादेखि बजारमा दूधको खपत घट्दै गएको छ । अधिकांश मानिस गाउँमा गएको र बजारमा दूधको माग नै कम भएकाले खपत कम भएको हो ।

नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले कोभिडको कारणले गर्दा बजारमा ६० प्रतिशत दूधको खपत घटेको जानकारी दिए ।

उनका अनुसार, अहिले बजारमा ४० प्रतिशत मात्र दूध बिक्री हुने गरेको छ ।

निश्चित समय मात्र पसल खोल्न पाउने हुँदा बिक्री गर्न नपाएको र माग नै कम भएकाले दूधको बिक्री हवात्तै घटेको उनको भनाइ छ ।

निषेधाज्ञा यता आठ दिनको अवधिमा खपत नहुँदा ८० करोड रुपैयाँ बराबरको दूध बिक्री नभएर खेर गएको उनले बताए ।

एसोसिएसनका अनुसार, सामान्य अवस्थामा दैनिक ६२ लाख दूध उत्पादन हुने गर्छ । ५० प्रतिशत दूध किसानले उपभोग गर्ने गर्छ भने ५० प्रतिशत दूध बजारमा आउने गर्छ ।

बजारमा ३२ लाख दूध आउने गरेकोमा अहिले १२ लाख लाख लिटर खपत हुने गरेको छ ।

अहिले ४० प्रतिशत मात्र दूध खपत भएको उद्योगीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय