सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर जारी गरिसकेको छ ।
आईपीओबाट प्राप्त रकममध्ये ४७ करोड ७६ लाख रुपैयाँ सिटिजन्स बैंकको ऋण तिर्न र ११ करोड ३८ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १७ करोड रुपैयाँ नाफा कमाएको छ । विद्युत् बिक्रीबाट कम्पनीले ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५ पैसा र प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।


