काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी–काठमाडौँ सम्पर्क विभाग गठन गरिएको छ। विभागको संयोजकमा ईश्वरी घिमिरे चयन हुनुभएको छ।
रास्वपा मुसिकोट नगरपालिकाका सभापति सुवास जिसीका अनुसार काठमाडौँमा रहेका गुल्मेलीहरूलाई सङ्गठित गर्ने उद्देश्यले सम्पर्क विभागका पदाधिकारी तथा सदस्यहरू चयन गरिएको हो। विभागको उप–संयोजकमा बालकुमारी कुँवर र मनसुन कुँवर रहनुभएको छ भने सचिवको जिम्मेवारी दीपक कँडेललाई दिइएको छ।
त्यसैगरी, विभागको सदस्यहरूमा गुल्मीका विभिन्न पालिकाबाट प्रतिनिधित्व हुने गरी मालिकाबाट कृष्ण आचार्य, कालीगण्डकीबाट सीता देवी भट्टराई, चन्द्रकोटबाट रिता न्यौपाने र रुरुबाट सन्दीप न्यौपाने चयन हुनुभएको छ। यस्तै, गुल्मी दरबारबाट मदन पौडेल र सुनिल अधिकारी, मदानेबाट उमेश भुसाल, इस्माबाट जुक्त बहादुर घिमिरे, सत्यवतीबाट विष्णु प्र. पाण्डे, धुर्कोटबाट रामप्रसाद घिमिरे तथा मुसिकोटबाट महेन्द्र अर्याल सदस्यमा चयन हुनुभएको छ।
नवनियुक्त सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ।साथै सोही कार्यक्रममा रास्वपा मुसिकोटका संस्थापक सभापति सुवास जिसीलाई कार्यकुशलताको प्रशंशा गर्दै सम्मान गरिएको थियो ।


