देउसी भैलो खेलेर विद्यालयलाई ६२ हजारभन्दा बढी आर्थिक सहयोग ।

गुल्मी । लाङ्घाली युवा क्लबले देउसी भैलो खेलेर संकलन भएको रकमबाट स्थानीय विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

क्लबले गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आयोजित दजाकोट देउसी भैलो २०८३ बाट संकलित रकममध्ये क्लबको आन्तरिक खर्च कटाएर बाँकी रकमको ६० प्रतिशत अर्थात् रु. ६२ हजार ६ सय (६२,६००) श्री पशुपति निम्न माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका–४, दजाकोटलाई आर्थिक सहयोग गरेको हो।

रकम हस्तान्तरण कार्यक्रममा क्लबको तर्फबाट विनय छन्तेल, अमित गाहा, सुरज पेमी र अर्जुन राकसकोटीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमन गाहा तथा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटीलाई संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गर्नुभएको थियो।

क्लबले विगतका वर्षहरूमा पनि देउसी भैलोबाट संकलित रकम विद्यालयलाई उपलब्ध गराउँदै आएको छ। यस वर्ष प्राप्त सहयोगले विद्यालयको शैक्षिक विकासमा थप सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटीले बताउनुभयो।

चाडपर्वको अवसरमा नेपाली मौलिक संस्कृति संरक्षणसँगै विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्‍याएको भन्दै विद्यालयले लाङ्घाली युवा क्लबप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय