आज मन्त्रिपरिषद् बैठक बस्दै, छलफलका बिषय के के ?

ज्योतिन्यूज – मन्त्रिपरिषद् बैठक आज (आइतबार) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् ।

बैठकका एजेण्डा भने नखुलाइएको बताइएको छ । मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुने बताइएको छ ।मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाउनुभएको हो ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय