सीईडीबी हाइड्रोपावरको आईपिओ खुल्यो,   कति र कसरि दिने आवेदन ?

काठमाडौं । आज देखि आईपिओ निस्कासन भएको छ ।सीईडीबी हाइड्रोपावरले आजबाट २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निस्कासन गरेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।कम्पनीलाई आईपीओ बिक्रीको लागि नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते अनुमति दिएको थियो । सर्वसाधारणका लागि विक्री गरिने कुल कित्तामध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहने बताइएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय