बिहिबार थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमध्ये २ हजार ३ सय ६५ जनामा पीसीआर र ६३ जनामा एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको हो।यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार २४ घण्टामा २५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ।हाल देशभर १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १० हजार १ पीसीआर र ४ सय ४७ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १ सय ७४ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ९८७, भक्तपुरमा ८१ र ललितपुरमा १०६ जनामा करोना संक्रमण पुष्टि भएको छ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय