यी हुन् आजका कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज मंगलबार ४ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

आज यूनाइटेड मोदी हाइड्रोपावर र महिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशत बढेको छ । ज्योति लाइफ इन्स्योरेन्सको ९.९६ प्रतिशत र हिमालय उर्जा विकास कम्पनीको ९.८५ प्रतिशतले बढेको छ ।

यी चार कम्पनीसहित लिवर्टी इनर्जी कम्पनी, हिमालयन पावर, जनउत्थान सामुदायिक लघुवित्त, युनिभर्सल पावर, लुम्बिनी विकास बैंक र अरण कावेली पावर लगायतका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, समृद्धि फाइनान्स,ओरिन्टल होटेल, छाङ्दी हाइड्रो पावर, राष्ट्रिय बीमा कम्पनी, एनआईसी एशिया लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन् ।

अर्थतन्त्र डटकमको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय