रास्ट्रपति शैक्षिक सुधार कार्यक्रममा गुल्मी मुसिकोट नगरपालिकामा १० सामुदायिक बिधालय छनोट

महेन्द्र घिमिरे गुल्मी – शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोट नगरपालिकामा १० सामुदायिक विद्यालय छनोट गरेको छ । देशभरका ७ हजार २ सय ७८ सामुदायिक विद्यालय छनोटमा परेका छन् ।

मुसिकोट नगरपालिका अन्तर्गतका ७ माध्यमिक , २ निम्नमाध्यमिक र १प्राथमिक गरि १० विद्यालय सो कार्यक्रमका लागि छनोटमा परेका हुन् शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरी मापदण्डसमेत सार्वजनिक गरेको छ । छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ ।

कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा रकम निकासा गर्ने शिक्षा विभागले जनाएको छ । छनोट भएका विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, सिकाइ सामाग्री उपलब्धि अभिबृद्धि विषय समेटिएका छन् ।

छनोटमा परेका गुल्मी मुसिकोट नगरपालिका का १० वटा विद्यालयमा त्रिभुवन मा बि मुनपा ६, ज्ञानज्योति नि मा बि मुनपा ९, ददल्का मा बि मुनपा ९, पशुपति निमाबी मुनपा ४, दुर्गाभवन मा बि मुनपा ५, जनज्योति मा बि मुनपा १, शारदा बिधामन्दिर मा बि मुनपा ८, नेपाल रास्ट्रय सर्बोदय मा बि मुनपा १, महेन्द्र आदर्श मा बि मुनपा ७ र जनज्योति प्राबी मुनपा ७ विद्यालय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय