खुसीको खबर, ५ अर्ब ६३ लाख बराबरको आईपीओ आउँदै, कुन कुनको र कति ?

काठमाडौं । पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गईरहेको बेला फेरि विभिन्न कम्पनीको साढे ५ अर्ब रुपैयाँ बढीको आईपीओ आउने भएको छ ।

सेयर बजारमा विभिन्न १५ कम्पनीको ५ अर्ब ६३ करोड ३१ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।धितोपत्र बोर्डको पाइपलाइनमा रहेको १५ कम्पनीहरुमध्ये अधिकांश जलविद्युत रहेका छन् । बोर्ड अनुसार एक दर्जन जलविद्युत कम्पनी,दुई लघुवित्त कम्पनी र अन्य कम्पनी रहेका छन् ।

पाइप लाइनमा रहेका कम्पनीहरुमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि बोर्डको पाइप लाइनमा रहेको छ । यस्तै मैलुङखोला जलविद्युत कम्पनी २०७४ असोज २० गतेदेखि बोर्डको पाइपलाइनमा रहेको छ ।

यी दुई वटा मात्रै पुराना कम्पनी रहेका छन् । अन्य कम्पनी पनि बोर्डको पाइपलाइनमा २०७६ र २०७७ सालदेखि बोर्डको पाइपलाइनमा रहेका छन् ।

पाइपलाइनमा सबै भन्दाबढी मध्येभोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था ३ करोड ८९ लाख रुपैयाँको ३ लाख ८९ हजार कित्ता आईपीओ ल्याउने तयारी गरेको छ ।

यी १५ वटै कम्पनीको आइपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछन् ।

कुनको कति ?

अर्थातन्त्र डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय