आज देखि अरुण भ्याली हाइड्रोपावरको सेयर आबेदन खुल्ला हुँदै, कति र कहिले सम्म दिने आबेदन ?

आज अर्थात वैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ः०.५ अनुपातमा हकप्रद सेयर निष्काशन हुने भएको छ ।

कम्पनीले सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति समेत पाइसकेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएपछि चैत ९ गते नै बुक क्लोज गरेको छ । ८ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै यो हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । उक्त हकप्रद सेयरमा वैशाख ६ देखि २६ गतेसम्म आवेदन दिन पाउने छन् ।

हकप्रद सेयरमा आवेदन दिँन धितोपत्र बोर्डबाट सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने छ भने मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ ।

यस्तै मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका साथै मुक्तिनाथ विकास बैंकको पोखरा,इलाम, इटहरी, नारायणगढ, सुर्खेत, जनकपुर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।- अर्थतन्त्र डटकमबाट

यो पनि पढ्नुहोस
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि सर्वधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनील प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ ।

सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम भने एनएमबि क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय