मेरो सेयरको लगइन पासवर्ड कसरी थहा पाउने

काठमाडौँ । अनलाईन पोर्टल ‘मेरो सेयर’ को पासवर्ट बिर्सेमा अब समस्या हुनेछैन । सीडीएससीले पोर्टलको पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्नसक्ने सुविधा दिन लागेको जानकारी दिएको छ ।

हालसम्म भुलवश पासवर्ड बिर्सेमा रेसेट गर्ने सुविधान थिएन । तर अब आउँदो असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा प्रदान गरिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार यो सुविधा ल्याउनका लागि अहिले प्राविधिक गृहकार्य भइरहेको छ। ‘त्यसो त अहिले ‘मेरो सयेर’ पोर्टलकै स्तरोन्नतिको काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘स्तरोन्नतिको काम सकिनेबित्तिकै लगानीकर्तालाई ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा आफैँ रिसेट गर्न सक्ने सुविधा दिनेछौँ।’

हालसम्म पासवर्ड बिर्सेको खण्डमा सम्बन्धित कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो ।

‘मेरो सेयर’को समस्या समाधान
यसैवीच सीडीएससीले मेरोशेयर भइरहेने समस्या पनि समाधान भएको जनाएको छ । ‘मेरो सेयर’ पोर्टल स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको भन्दै क्लिएरीङ्गले यसपछि सबै समस्याहरु दूर हुने जनाएको छ ।

२ साताअघिदेखि ‘मेरो सेयर’ को स्तरोन्नतिको काम शुरू गरेको सीडीएससीले एउटा लेभलको काम सकिएको र स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त काम सकिएपछि हालसम्म देखिने गरेका समस्याहरु नहुने बताइएको छ ।

विशेष गरी आईपीओ भर्ने समय र आईपीओ नतिजा हेर्ने समयमा ‘मेरो शेयर’मा अत्याधिक समस्या आउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय