खुसिको खबर,५ लाखभन्दा बढी कित्ता आइपीओ निष्काशन हुदै

आज भोलि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु दिन पर्ती दिन बढी रहेका छन् । पछिल्लो समयमा सेयर बजार एक चर्चाको बिषय बनेको छ ।

सेयर बजारमा लगानीकर्ता संगै आइपियो निस्कासन गर्ने कम्पनीहरुको पनि कमि छैन यसै बिच इमर्जिङ्ग नेपाल लिमिटेडले पनि सर्वसाधारणमा आइपीओ निस्कासन गर्ने भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेड कम्पनीले साढे ५ लाख बढी कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको छ ।

त्यसको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ । – अर्थतन्त्र डटकमको सहयोगमा

यो पनि पढ्नुहोस काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि सर्वधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनील प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम भने एनएमबि क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय