नेपाली कांग्रेशद्वारा मुसिकोटमा शोक सभा सम्पन्न

नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका वडा न २ (साबिकको मुसिकोट गाबिस वडा ६) को आयोजनामा एक श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस मुसिकोट वडा न २ का कृयाशिल सदस्य केशरी खत्रीका धर्मपति जीत बहादुर खत्री ओम बहादुर खत्रीका पुजनिय पिता नेपाली काङ्ग्रेस साबिक मुसिकोटका पुर्ब कार्यभाक पार्टी सभापति रुद्र बहादुर खत्रीको ८२ बर्षको उमेरमा यही ०७७ चैत्र १८ गते भएको असामयिक निधन भएको नबौ दिनको पुण्य तिथि पारि कांग्रेशले श्रदान्जली कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेश जिल्ला कार्य समिति सचिब बिष्णु सापकोटा, यस दु-खको घडीमा शोकाकुल परिवारजन आफन्तजनमा इश्वरले धारण गर्ने शक्ति प्रदान गरुन भन्दै नेपाली काङ्ग्रेस परिवारको हार्दिक श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो ।

साबिक मुसिकोट गा बि स वडा न ६ का सभापति लेखनाथ भट्टराईको अध्यक्षता रहेको कार्यक्रमको संचालन पटि सचिब बाबुराम घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय