जन्म दिनको अवसर पारि बिद्यार्थीहरुलाई खाजा र शैक्षिक सामाग्री वितरण

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी मुसिकोट नगरपालिका वडा न ८ निबासी बिपिन रायमाझीले आफ्नो २३ औ जन्म दिनको अवसर पारि बिद्यार्थीहरुलाई खाजा तथा शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

रायमाझीले मुसिकोट नगरपालिका वडा न ५ खर्बाङ्ग् स्थित श्री सरस्वती प्राथमिक बिद्यालयमा अध्यानरत १८ जना बिद्यार्थीलाई खाजा, कापी, पेन्सिल र टि-सट वितरण गर्नु भएको हो ।

नेपाली समाजमा बिस्तारै पस्चिमी संस्कार प्रबेस भए संगै जन्म दिनमा पनि अनआबस्यक खर्च गरि जन्म दिन मनाउने प्रचलन आएको छ, तर बिपिन रायमाझीको सोच भने फरक देखियो,
उहाँले आफ्नो जन्म दिनमा अनआबस्यक खर्च नगरी स-साना भाइ बहिनिहरुलाई खुसि पार्ने काम गर्नु भएको छ ।

उहाँको यस उल्लेखनीय काम पर्ती अबिभाबकहरुले खुसीका साथ उहाँलाई समान गर्दै उहाको उत्तर- उत्तर पर्गतिको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय