सिटि एक्सप्रेस मनि ट्रान्सफरद्वारा  अन्तरक्रिया सम्पन्न सेवाग्राहीको मागलाई सम्बोधन गर्ने

विष्णुप्रसाद आचार्य/मुसिकोट गुल्मी । सिटि एक्सप्रेस मनि ट्रान्सफरद्वारा अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम वामिमा सम्पन्न भएको छ ।

बुधबार सन्देश होटेलको सभाहलमा भएको कार्यक्रममा पछील्लो समयमा वित्तीय बजारमा कडा प्रतिस्प्रधा भएसंगै सिटि एक्सप्रेसका सेवाग्राहिहरुबिच सुझाव,गुनासा,तथा सल्लाहहरु संकलन गर्ने उद्येश्यले कार्यक्रम गरिएको सस्थाका वामिटक्सार शाखा प्रमुख विष्णु चुदालिले नबखबरलाई जानकारी दिनुभयो ।

काठमाण्डौमा प्रधान कार्यालयसंगै एउटा शाखा रहेको सिटि एक्सप्रेसको देशभर जम्मा अहिले ६ वटा सेवाकेन्द्रहरुबाट सेवा संचालन भैरहेको प्रशाशकिय अधिकृत रवी भुषालले बताउनुभयो ।

जसमध्धे गुल्मीको वामिटक्सार शाखा,बाग्लुङ्गको हटिया शाखा,अर्घाखाँची शाखा र बुटवल शाखा रहेका छन् तत्कालै नारायणघाट संचालन गर्ने गरि तयारि थालिएको बताइएको छ ।

विस्तारै ७ वटै प्रदेशहरुमा शाखा स्थापना गर्ने प्रमुख उद्येश्य समेत सस्थाको रहेको बताइएको छ ।

वि.स. २०६६ सालमा स्थापना भएको सिटि एक्सप्रेसले शाखा स्थापना भएका ठाउहरुमध्ये वामिटक्सार शाखा काठमाण्डौ केन्द्र पछिको बढी कारोबार गर्ने शाखाको रुपमा स्थापित भएको संचालक समिति सदस्य हरि प्रसाद वाग्लेले बताउनुभयो ।

अहिले वामिटक्सार शाखाले कुल कारोबारको १२ देखि १३ प्रतिशतसम्म कारोबारको योगदान गरेको लेखा समिति संयोजक कमल प्रसाद टन्डनले बताउनुभयो ।

अहिले सिटि एक्सप्रेसको ७७ करोड निक्षेप, ५१ करोड लगानी,१४ करोड रिजर्व फण्ड र ५ करोड शेयर रहेको कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा बोल्दै वामी शाखा प्रमुख विष्णुप्रसाद चुदालिले काम सकेसम्म छिटो छरितो र सहुलियतपुर्ण तरिकाले गरेका छौ भन्ने हाम्रो विश्वास हो तैपनि काम गर्ने क्रममा कहिँ कतै कमि कमिजोरी भएको भए सहज तरिकाबाट जानकारी गराउन पनि सेवाग्राहिहरुमाझ आग्रह उहाले गर्नुभयो ।

२०६९ सालको चैत्रबाट वामिमा सेवा संचालन गरेको यस सस्थाले धेरै सेवाग्राहीहरुको सेवा गर्न पाएकोप्रति आफु संगै सस्था आभारी रहेको पनि उहाले बताउनु भयो ।

उपस्थित शेयर सदस्य तथा सेवाग्राहीहरुले प्रतिस्प्रधाको बजारमा यस सस्थाले ब्याजदरमा सर्वप्रिय हुनेगरी दररेट कायम गर्नुपर्ने अधिकांश सदस्यहरुको गुनासो रहेको थियो ।

यस सस्थाले जम्मा गर्दा पनि बढी ब्याज दिने भएकोले कर्जा प्रवाहमा अलिकति ब्याज बढी भएको महशुष भएको सरोकारवालाहरुले जानकारी गराएका थिए ।

यस सस्थाले छिट्टै समुदायमा आधारित सामुदायिक सेवाका कामहरु गर्ने जस्तै विद्यालयहरुमा अक्षयकोष खडा गर्ने,विभिन्न सहुलियत कर्जा योजना संचालन गर्ने लगायतका योजना रहेको बताइएको थियो ।

कार्यक्रममा रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामु तिवारी, समाजसेवी महेश बहादुर जी सि,ताराक बहादुर रायमाझी,लक्षमण कक्षपति, महेन्द्र आदर्श नमुना मा वि का शिक्षक उमानन्द सापकोटा,विष्णुराज भण्डारी,संचारकर्मी चकित विष्णुप्रसाद आचार्य, लगायत झन्डै ५० जना सङ्ख्याको उपस्थित रहेको कार्यक्रमको सहजीकरण सस्थाका सहायक प्रमुख दिपेश कक्षापतिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय