सयपत्री हाइड्रोको आइपीओ निस्कासन हुँदै, कहिले र कति ?

सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।यस हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता शेयर निष्काशन गर्ने गरि आवेदन दिएको हो ।

स्थानीयलाई पनि कम्पनीको शेयर छुट्टाइने कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा रु. ९ करोड बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचक नेप्से २१.२९ अंकले घटेको छ । परिसुचक भने २ हजार ५४८.९६ अंकमा पुगेर बन्द भएको छ ।

आज व्यापार समूह, होटेल तथा पर्यटन र लगानी समूह बाहेक अन्य सबै राताम्मे भएका छन् । उक्त दिन ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार व्यापार समूह १७४.८८ अंक, होटेल तथा पर्यटन समूह १५४.०७ अंक र लगानी समूह १.१९ अंकले बढेको छ ।

उक्त दिन बैंकिङ समूह १९.६७ अंक, विकास बैंक १९.९२ अंक, जलविद्युत ४४.२९ अंक, फाइनान्स २.८८ अंक, निर्जीवन बीमा ५४.१५, माइक्रोफाइनान्स ४७.५४, जीवन बीमा १६७.८ अंकले घटेको छ ।

आज कारोबार रकमको आधारमा सबैभन्दा बढी निफ्राको ९१ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा उप्पर तामाकोशीको २६ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सको २३ करोड ५१ लाख २१ हजार रुपैयाँ र नेपाल बंगलादेश बैंकको २२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय