सेयर बजारमा सकारात्मक परिबर्तन. साढे ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । सेयर बजार परिसुचक नेप्से बुधवार ४१ दशमलव ३० अंकले बढेको छ । आज परिसुचक २ हजार ५७० अंकमा पुगेर बन्द भएको छ ।

आज जलविद्युतबाहेक सबै हरियाली भएको छ । उक्त दिन ६ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।आज बैंकिङ क्षेत्र २२.५५ अंक, व्यापार समूह ३८१.११ अंक, होटल तथा पर्यटन १८७.५६ अंक, विकास बैंक २१.२८ अंकले बढेका छन् ।

त्यसैगरि आज फाइनान्स २२.३ अंक, ननलाइफ इन्स्योरेन्स २२१.०४ अंक, लाइफ इन्स्योरेन्स १४१.२२ अंकल र माइक्रोफाइनान्स १२२.४७ अंकले वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन १२९ अंकले बढेको जलविद्युत कम्पनीको सेयर आजभने १४.९५ अंकले घटेको छ ।

यो पनि पढ्नुहोस एनसेलले पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएका छ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल गत साउन तेस्रो साता एनसेल पब्लिक कम्पनीमा गएको जनाएको थियो ।

कम्पनी ऐन २०६३ को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पूँजी रु. १० करोड छ।त्यस्तै विगत केहि बर्षदेखि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि एनसेलको पुँजीगत लाभकर विवादका कारण कुनैपनि कार्य अघि बढाउन सकेको थिएन् । एनसेलले लाभकर विवाद टुङ्ग्याएपछि पब्लिक कम्पनीमा गएको थियो ।

एनसेलले गएको आर्थिक वर्ष २०७६/७७ मा रु. ३३ अर्ब ९५ करोड आयकर तिरेको छ। यसमा एनसेलको स्वामित्व खरीद-बिक्री हुँदाको करीब रु. २२ अर्ब आयकर पनि जोडिएको छ। यो रकम घटाउँदा पनि एनसेलले गएको वर्षको नाफाबाट झण्डै रु. १२ अर्ब आयकर सरकारलाई बुझाएको छ।

त्यसैगरी १० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढिसकेको बताएको छ । एनसेलले शेयर निष्काशनको बिषयमा धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहे एनसेलका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार ‘के-कति शेयर निष्काशन गर्ने भन्ने बिषय छलफलकै क्रममा रहेकाले खुलाउन मिल्दैन’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय