ददल्का मा.विमा विद्यालयकि पूर्व साहसी  विधार्थि एवम् शिक्षकको भब्य स्वागत

कालिदास खरेल, गुल्मी । ददल्का मा.वि.मुसिकोट नगरपालिका -९ गुल्मीमा विद्यालयकि पूर्व साहसी विधार्थि एवम् शिक्षक को भब्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका वि.व्य.स. पदाधिकारी ,शिक्षक अभिभावक संघका पदाधिकारी ,अभिभावक,शिक्षक कर्मचारि एवम् विद्यार्थिहरुको उपस्थितिमा अौपचारिक कार्यक्रम गरि २०२३ सालमा हाल विधालय संचालन भएको ठाउँमा विधालय खोल्नु पर्छ भनि तत्कालिन समयमा बारिमा लगाइएको गहु खेति उखालि जागरुक गर्न विद्यार्थि नेतृत्व गर्नु भएकि सीता खत्री घिमिरे लाइ सम्मान गरिएको हो।

विद्यार्थि र पछि शिक्षक समेत रहेर सेवा गरेको स्मरण गर्दै विधालयले माला र दोसल्लाले सम्मान गरेको थियो।कार्यक्रममा बिशेष अतिथि हरि ब.थापा,तेजेन्द्र जिशि,शोभा जिशि,शिक्षक अभिभावक संघ अध्यक्ष खगकान्त खराल ,प्रधानाध्यापक बुद्धिमणि खरेलले शुभकामना तथा स्वागत मन्तव्य राख्नु भएको थियो।

कालिदास खरेल

प्रमुख अतिथि एवम् पूर्व विद्यार्थि सीता खत्री घिमिरेले आफ्नो जन्मभूमिको विद्यालय र अाफुबिचको सम्बन्ध स्मरण गर्दै विधालयको प्रगतिको शुभेच्छा प्रकट गर्नु भएको थियो।सोहि अवसरमा विधालय संचालनार्थ एक लाखको अक्षय कोष खडा गर्ने घोषणा गर्नुभयो।विधालयका शिक्षक गोविन्द ब.वि.क.को स्वागत मन्तव्य रहेको कार्यक्रममा वि.व्य.स.अध्यक्ष खड्क ब.खत्रीको अध्यक्षता र संचालन शिक्षक कालिदास खरेलको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय