बाग्लुङ बडिगाडकी १३ वर्षीय अन्सु ३ दिन देखि बेपत्ता,खोजिका लागि सबैसगं आग्रह

सागर भण्डारी,बडिगाड बाग्लुङको बडिगाडकी अन्सु परियार ३ दिन देखि बेपत्ता बनेकी छिन् । बडिगाड गाउँपालिका वडा नं ५ खलानेकी परियार शुक्रवार देखि घरबाटै हराएको परिवारले जानकारी दिएका छन् ।

भानु माध्यमिक विद्यालय ग्वालिचौरमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय परियार घरबाटै बेपत्ता भएकी हुन् । शुक्रवार विद्यालयबाट फर्किएकी उनी परसम्म जान्छु भनेर हिँडेको र त्यसपछि फर्केर नआएको उनका पुँसाई सञ्जय परियारले जानकारी दिनुभयो ।

घरमा रहेकी हजुरआमा आफन्तकोमा गएको र घरमा वयोवृद्ध हजुरबुबा मात्रै रहेको अवस्थामा बेलुकी ५ बजेको समयमा उनी घरबाट हिँडेको बताईएको छ । उनी हराएदेखि छरछिमेक र आफन्त सबैतिर खोजि गर्दा पनि कतै पत्ता नलागेको हजुरआमा उजेली परियारले बताउनुभयो ।

परिवारले आईतबार प्रहरीचौकी खारमा खोजिका लागि निवेदन पनि दिएका छन् । उनको स्वास्थ्य अवस्था पनि राम्रै रहेको बताईएको छ । अन्सुका बुबाको ४ महिना अघि मृ.त्यु भएको थियो । भने उनकी आमा मजदुरीका लागि अहिले भारतमा हुनुहुन्छ ।

सबैतिर छरछिमेकमा खोजि गयौँ, टाढा टाढा आफन्तकोमा पनि फोन गरेर पनि सोध्यौँ कतै पत्ता लागेन पुँसाई सञ्जयले आफ्नी भदैको खोजिका लागि सबैसगं आग्रह गर्नुभएको छ । फोटोमा देखिएकी नानीलाई कहीँ कतैले भेटेमा ९८६००८०७५६ वा बडिगाड अनलाईनको नम्बर ९८६७२७७८०९ अथवा ९८४९१७७५०५ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस आइ.एम.इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मीले आज एक कार्यक्रमको बिच एजेन्ट मिट कार्यक्रम गुल्मी सदरमुकाम तम्घासमा समपन्न गरेको छ।

अभिकर्ताहरुलाइ बिमामा रिफ्रेसमेन्ट गर्ने , बिमाको बारेमा जानकारी दिने,एजेन्टहरुमा भएको समस्या समाधान गर्ने उदेश्यले उक्त कार्यक्रम राखिएको गुल्मी पाल्पा अर्घाखाँचीका एरिया ब्रान्च म्यानेजर खुमलाल अर्यालले जानकारी दिनुभयो।गुल्मी पाल्पा र अर्घाखाँचीको नेतृत्व गर्नुभएका ब्रान्च म्यानेजर अर्यालले यसै जिल्लामा २५० भन्दा बढी अभिकर्ताको उल्लेखनीय सक्रियता भएको र सक्रिय नभएकाहरुलाइ पनि सक्रिय बनाउन लागिपरेको बताउनु भएको छ।

अहिलेसम्म २००० भन्दा धेरै बिमा गराएको र जिल्ला मा स्थापना भएदेखि हालसम्म ५ जनालाइ मृत्यु भुक्तानी समेत प्रदान गरेको उहाँले बताउनु भयो । कम्पनिका कार्यकारी प्रमुख कवि फुल्याल ,महाप्रबन्धक ऋषि भक्त ढकाल,ट्रेनिङ शाखाका सरोज ढुङ्गेलको कार्यक्रममा सहभागीता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय