५६ औ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस गुल्मी तम्घासमा समपन्न

अनिष पन्थी गुल्मी दलित महिला संघ गुल्मीको आयोजनामा ५६ औ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस सदरमुकाम तम्घासमा समपन्न भएको छ ।’

जातिवाद विरुद्ध युवा’ ‘जातीय हिसा र छुवाछूत विरुद्ध हामी’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम समपन्न गरिएको छ।दलित साझा मन्च गुल्मीका अध्यक्ष एवं सहि कार्यक्रमका प्रमुख अतिथी गणेश बिश्वकर्माले दलितको बर्तमान अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो।समाजका हरेक गतिविधिमा दलित महिलाको सहभागीता हुन जरुरी भएको कुरा उल्लेख गर्नुभएको थियो।जातीय उतपिडिनका घटनाहरुको न्यूनीकरणको लागि सधै लाग्नुपर्ने र पेसा व्यबसाय र आर्थिक रुपमा पनि सबल हुनुपर्ने अध्यक्ष बिश्वकर्माले बताउनुभएको छ।

धर्म अनुसार मान्छे एउटै भएको र केही देशमा विभेद पहिलैदेखी हुने गरेको र मल्ल राजाको पालाबाट नेपालमा पनि जातप्रती विभेद हुने गरेको दलित साझा मन्चका उपाध्यक्ष रोम बिश्वकर्माले बताउनु भयो। सस्कारमा नमेटिनी छाप बनेर बसेको कारणले आज दलित हेपिन परेको उपाध्यक्ष बिश्वकर्माले बताउनु भयो।सोच परिबर्तन नहुदा सम्म समाज परिबर्तन नहुने उहाँले बताउनु भयो।

नेपालको राजनीति आन्दोलन भन्दा दलित आन्दोलन पहिलेदेखि भए पनि अझै यसले मुक्ति नपाएको दलित अधिकार कर्मी झबिन्द्र सुनारले बताउनुभएको छ।जातिप्रतिको बिभेदलाइ राज्यले नै महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने सुनारले बताउनु भएको छ।जातमा परिबर्तनको कुरा गरे पनि अबको दिनमा शब्द पनि परिबर्तन गर्नुपर्ने सुसासन अभियान गुल्मीका सचीव बिनोद पाण्डेले बताउनु भएको छ।धर्म भनेको असल आचरण भएको र समाज परिबर्तन हुँदै जादा पहिलाका कुरा सुधार हुँदै आएको पाण्डेले बताउनु भयो।

दलित महिलाहरुले केही गर्न नसकेको कारण खोज्न र पुरुषवादले समाजमा असर पारेको दलित महिला संघ गुल्मीकि अध्यक्ष कमला बरालले बताउनु भएको छ।हामिहरु ले केही गर्न नसकेको र अबको दिनमा केही गर्न अघि सर्ने अध्यक्ष बरालले बताउनु भयो । कार्यक्रममा दलित साझा मन्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माको प्रमुख आथित्यता रहेको थियो।

दलित अधिकारकर्मी झबिन्द्र सुनार, सुसासन अभियानका सचिव बिनोद पाण्डे, दलित साझा मन्च गुल्मीका उपाध्यक्ष रोम बिश्वकर्मा ,लगाएत विभिन्न वडाका दलित महिला सदस्यहरु लगाएत सम्पुर्ण महिलाहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम समपन्न भएको छ।

दलित महिला संघ गुल्मीकि अध्यक्ष कमला बराल को अध्यक्षता र दलित महिला संघ गुल्मीकि सचीव बिष्णु बिश्वकर्माको सन्चालनमा समपन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय