काठमाडौं । आज (चैत ६ गते) देखि सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न गरेको हो ।
जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।आईपीओमा ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ ।न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
आवेदन सि–आस्वा सदस्य रहेका बैक तथा वित्तिय संस्था र मेरो सेयरबाट पनि दिन सकिनेछ ।
यो पनि पढ्नुहोस आज भोलि बजारमा लगानीकर्ता माझ आइपियो चर्चाको बिषय बनेको छ।बलेफी हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपियो निस्कासन गर्नको लागि अनुमति मागेको छ ।
बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपी निस्कासन गर्न अनुमति मागेको हो । कम्पनीले ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।उक्त आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
२०१९ को जुलाईमा इक्रा नेपालले गरेको रेटिङ अनुसार उक्त आइपीओले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ पाएको छ ।हाल कम्पनिको चुक्ता पुँजी १ अर्ब ४६ करोड २० लाख रुपैयाँ छ ।
आइपीओ जारीपछि पुँजी १ अर्ब ८२ करोड ८० लाख पुग्नेछ ।कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ।
नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।