सिंगटी हाइड्रोको आइपिओ आज निस्कासन हुदै, कति दिने आवेदन ?

सिंगटी हाइड्रो सिंगटी हाइड्रो इनर्जी लिमिटेडको दोस्रो चरणको साधारण सेयर (आइपिओ) आज निस्कासन हुदैछ ।

आज भोलि लगानीकर्ताको ध्यानाकर्सन बनेको आइपियो भनरे करिब १५ -१६ लाख पुगेसकेका छन्। छोटो समयमा फाइदा हुने भएपछी धेरै आम मानिसहरुको रोजाई बनेको छ।लगानीकर्ता बढे संगै धेरै कम्पनीले धामाधम आइपियो जारि गरिरहेका छन्। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पनि यसै हप्ता आइपियो जारि गर्ने भएको छ ।

पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस आज भोलि बजारमा लगानीकर्ता माझ आइपियो चर्चाको बिषय बनेको छ।बलेफी हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपियो निस्कासन गर्नको लागि अनुमति मागेको छ ।

बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपी निस्कासन गर्न अनुमति मागेको हो । कम्पनीले ३६ लाख ५५ हजार ९४० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।उक्त आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

२०१९ को जुलाईमा इक्रा नेपालले गरेको रेटिङ अनुसार उक्त आइपीओले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ पाएको छ ।हाल कम्पनिको चुक्ता पुँजी १ अर्ब ४६ करोड २० लाख रुपैयाँ छ ।

आइपीओ जारीपछि पुँजी १ अर्ब ८२ करोड ८० लाख पुग्नेछ ।कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ।

नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय