खुसीको खबर : नौ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन हुदै

वैदेशिक रोजगारी, अध्ययन, व्यवसायमा विदेशिएका नेपालीले विदेशबाट नै नेपालमा प्राथमिक शेयर भर्दै आएका छन् । विदेशमा रहेका गैर आवासीय नेपालीलाई लक्षित गरेर गैर आवासीय संघ(एनआरएनए)ले करिब नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।

१० अर्ब रुपैयाँ बराबरको इन्भेस्टमेन्ट कम्पनी खोल्ने निर्णय गरेको एनआरएनले विदेशमा रहेका नेपालीलाई डलरमा भर्न पाउने गरी आईपीओ निष्कासन गर्ने जनाएको छ । एनआरएन इन्भेष्टमेन्ट फण्डको कम्पनीकालागि प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने योजना बनाएको छ ।

संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउनेगैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताए । मुलुक भित्र रहेका नेपालीले भने त्यस किसिमको प्राथमिक शेयरमा आवेदन दिन पाउने छैनन् ।

संघले दुई वर्ष अघि लगानी सम्मेलन मार्फत १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुरूप लगानी भित्र्याउन भन्दै प्राथमिक शेयर निष्कासनको तयारी गरेको हो । यसमा आफ्नो १० प्रतिशत र नेपाल सरकारको पाँच प्रतिशत लगानी रहने गरी एनआरएनले जनाएको छ ।

नेपाल सरकार र अर्थ मन्त्रालयबीच कम्पनी खोल्ने विषयको टुङ्गो लागि सकेको छ । यसका लागि दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको संस्थापक लगानीको लागि प्रतिबद्धता आइसकेको संघले जनाएको छ । कम्पनीमा ८५ प्रतिशत लगानी (पब्लिक) गैर आवासीय नेपालीको हुने छ । ८५ प्रतिशत हुन आउने आठ अर्ब ५० करोड रुपैयाँ संकलन गर्न कम्पनीले विदेशमा प्राथमिक शेयर जारी गर्ने छ । प्रति कित्ता १० डलरका दरमा कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने छ ।

नेपाल सरकार,नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको विद्यमान कानुनले बाधा नपु¥याउने गरी यसलाई विशेष सुबिधा दिइएको छ । सोही विशेष सुविधा प्रयोग गर्दै कम्पनीले दर्ता भए लगत्तै विदेशमा रहेका नेपालीहरूबाट प्राथमिक शेयर मार्फत रकम संकलन गर्ने पन्तले बताए । संघले विदेशमा रहेका १० लाख लगानीकर्ताको डिम्याट खाता खोल्ने अभियान चलाउँदै छ । लगानी गर्नका लागि ७० भन्दा बढी प्रोजेक्टको प्रस्ताव तयार गरेको छ ।

यो पनि पढ्नुहोस साहस उर्जाले प्रभावित र सर्वसाधारणका लागि आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनी प्रभावित र सर्वसाधारणलाई गरेर १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्पनीले जनाएको छ ।सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ।

सो कम्पनीले ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत् आयोजना निर्माणमा लगानी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो ।सो आयोजनाको लागत ११ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।कम्पनीले इक्रा नेपालबाट बी प्लस आईपीओ रेटिङ पाएको छ । यो रेटिङलाई औसत मानिन्छ ।

अहिले आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत रहेको कम्पनीले जनाएको छ । भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि मात्रै आईपीओ निष्कासन गर्न पाइने व्यवस्था अनुसार यो प्रगति हासिल भएपछि कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय