विष्णुप्रसाद आचार्य (चकित), मुसिकोट गुल्मी, नबखबर
गुल्मीको मुसिकोट नगरपालिका ३ वडागाउ चौर स्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षकहरुले आफ्नो जन्म दिनको फजुल खर्च कटाएर विद्यालय तथा विद्यार्थीहरुलाई सहयोगका कार्यक्रम अगाडी बढाएका छन ।
पछिल्लो समय पश्चिमा सस्कृतिको बढ्दो चहलपहललाई वेवास्ता गर्दै विद्यालयका शिक्षकहरुले विद्यालय वा विद्यार्थिसंग सम्बन्धित कुनै न कुनै क्षेत्रमा सहयोग गर्ने चलन सुरु भएको छ ।विद्यालयका प्रधानाध्यापक राम प्रसाद आचार्यले नबखबरलाई दिएको जानकारी अनुसार सुरुमा विद्यालयमा यस बारे सामान्य छलफल चलाइएको र सबै पक्षबाट यस्तो कामले शिक्षकलाई थप सामाजिक भावनामा जोड्न सहयोग पुराउने भन्दै क्रमश आफ्नो जन्म दिन पर्ने शिक्षकहरुले केहि न केहि फरक किसिमको सोचेका साथ विद्यार्थी वा विद्यालयालाई सघाउ पुराउने कामतर्फ शिक्षकहरु अग्रसर भएको जानकारी दिनुभयो ।
यसै प्रसंगमा विद्यालयमा कार्यरत शिक्षक मिना काउछाले यहि फागुन ३ गते मंगलबार परेको शुभजन्मदिनको अवसर पारेर विद्यालयमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ एक थान भलिवल र एक थान जाली (नेट) उपलब्ध गराएको विद्यालयका शिक्षक मिना काउछाले बताउनुभयो ।
जन्म दिनको अवसरमा शिक्षक काउछाले विद्यालय एक शिक्षाको मन्दिर संगसंगै खेलकुदको माध्यमबाट बालबालिकाहरुको शारीरिक,मानसिक,तथा बैद्दिका क्षेत्रमा सहयोग पुराउने साझा सस्था भएकोले विद्यालयलाई बालमैत्री बनाउनको लागी खेलकुदको माध्यमबाट सहज सिकाइ हासिल गर्न समेत खेलकुदले सहयोग गर्ने भएकोले आफुले खेलकुदका सामाग्री विद्यालयलाई उपलब्ध गराएको बताउनुभयो ।
साथै काउछाले आगामी दिनमा समेत विद्यालयलाई रचनात्मक तरिकाले सहयोग गर्दै जाने प्रतिवद्दता संगै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको थियो ।
यसअघि पनि आफ्नो जन्मदिनको अवसर पारी मुसीकोट ३ वडागाउ निवासी विद्यालयका शिक्षक टेकहरी फूल्देल र गुल्मीदरबार गाउँपालिका २ निवासी कमल खासुले पनि विद्यालयमा अध्ययनरत चार जना गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि विद्यालय पोसाक उपलब्ध गराउनु भएको थियो ।
यसरि आफ्नो जन्म दिनको अवसरमा गरिने अन्य फजुल खर्च कटौती गरि सामाजिक भावनाका साथ प्रशंशनिय र उदाहरणीय काम गरेको भन्दै प्रधानाध्यापक रामप्रसाद आचार्यले यस्ता काम गर्नको लागि सधै प्रेरणा मिलोस भन्दै शुभकामना समेत दिनुभएको थियो ।
यी र यस्ता कार्यले जनजागृति माध्यमिक विद्यालयलाइ अगाडी बढ्न प्रेरणा मिल्ने पनि उहाको भनाइ थियो ।