काठमाडौँ । केही महिना अघि इतिहासकै सर्वाधिक ठूलो आईपीओ जारी गरी कारोबार शुरू भएको नेपाल पूर्वाधार बैंक (निफ्रा)लाई नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्पष्टिकरण मागेको छ ।
बजार मूल्य बढाउने गतिविधि गरेको भन्दै निफ्रासँग स्पष्टिकरण मागिएको हो ।निफ्राले १० प्रतिशत लाभांश बाढ्न लागेको र लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बण्ड सूचीकरण गर्न लागेको बारे उक्त कम्पनीका अधिकारीलाई उदृत गर्दै समाचारहरु मिडियामा आएका थिए।

‘उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसँग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो?’, स्पष्टिकरण पत्रमा भनिएको छ
कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्रको मुल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो?’
रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण बताउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई भनेको छ ।