NIC एशिया बैंक ५ लाख ८९ हजार कित्ता शेयर विक्री गर्दै,, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ८९ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री हुने भएको छ ।

उक्त शेयर खरीद गर्नका लागि वैशाख ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने बताइएको छ । उक्त शेयरको न्यूनतम मूल्य ४३७ रुपैयाँ निर्धारण गरिएको छ ।आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस काठमाडौं । ग्लोबल आइएमई बैंकले निष्काशन गरेको ऋणपत्रमा माग अनुसारका आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।

बैंकले १० वर्ष अवधि तथा ८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ चैत १ गतेबाट निष्काशन गरेको हो । ऋणपत्र बिक्री नभएपछि १२ दिन समय थपेर १६ गतेसम्म पुर्याईएको छ।बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । १८ लाख कित्ता बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याईएको छ ।

यसबाट सामूहिक लगानी कोषलाई ६० हजार कित्ता र बाँकी रहेको ११ लाख ४० हजार इकाईमा सर्वसाधारण आवेदन दिन थालेका छन् ।वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ ।

ऋणपत्रमा सी–आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय