ग्लोबल आइएमई बैंकको ऋणपत्र  माग अनुसारका आवेदन परेन, थपियो समय

काठमाडौं । ग्लोबल आइएमई बैंकले निष्काशन गरेको ऋणपत्रमा माग अनुसारका आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।

बैंकले १० वर्ष अवधि तथा ८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ चैत १ गतेबाट निष्काशन गरेको हो । ऋणपत्र बिक्री नभएपछि १२ दिन समय थपेर १६ गतेसम्म पुर्याईएको छ।बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । १८ लाख कित्ता बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याईएको छ ।

यसबाट सामूहिक लगानी कोषलाई ६० हजार कित्ता र बाँकी रहेको ११ लाख ४० हजार इकाईमा सर्वसाधारण आवेदन दिन थालेका छन् ।वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ ।

ऋणपत्रमा सी–आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

यो पनि पढ्नुहोस शुक्रवार सिंगटी हाइड्रोले आईपीओ जारी गर्दैछ । सिंगटी हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

कम्पनीले चैत ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेको थियो ।

कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।

सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको शेयरलाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय